२० आश्विन २०८१, आइतबार

बाँकेमा आज मदिरा बिक्री र सेवन गर्न निषेध

प्रकाशित मिति :  25 October, 2023 7:31 am


बाँके । बाँकेमा आज मदिरा बिक्री र सेवन गर्न निषेध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै आज बिहान ८ बजेदेखि मध्यरात १२ बजेसम्म मदिरा र मदिराजन्य बस्तुको बिक्री र सेवनमा रोक लगाएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जारी गरेको सूचनामा विजया दशमीको भोलिपल्ट अर्थात् एकादशीका दिन दुर्गा मूर्ति विसर्जन गर्न विभिन्न स्थानमा गरिने र्‍यालीलाई सभ्य, शान्त, अनुशासित एवं मर्यादित बनाउन कात्तिक ८ गते बिहान ८ बजेदेखि मध्यरात १२ बजेसम्म मदिरा तथा मदिराजन्य वस्तु ओसारपसार, बिक्री–वितरण एवं उपभोग गर्न निषेध गरिएको उल्लेख छ ।

सूचनाको वर्खिलाप कुनै कार्य वा गतिविधि भएको पाइए प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय बाँकेले चेतावनी दिएको छ ।

जिल्लाको समग्र शान्ति, सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाई ध्यानमा राखी जारी गरिएको सूचनाको प्रभावकारी कार्यान्वयनका लागिसमेत सीडीओ पोखरेलले सबैमा अपिल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !