२० आश्विन २०८१, आइतबार

दुर्घटनामा परेका मनाङ एयरका पाइलट सेढाईंको निधन

प्रकाशित मिति :  25 October, 2023 10:14 am


काठमाडौँ । दुर्घटनामा परेका मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको निधन भएको छ । असोज २७ गते दुर्घटनामा परेका पाइलट सेढाईंको उपचारका क्रममा निधन भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट सेढाईंलाई काठमाडौँको ह्याम्स अस्पताल ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि मुम्बई लगिएको थियो।

नेसनल बर्न सेन्टर, मुम्बईमा उपचाररत उनको मंगलबार निधन भएको मनाङ एयरले विज्ञप्तिमार्फत् बताएको छ।दुर्घटनामा उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको बताइएको छ।



प्रतिक्रिया दिनुहोस !