२० आश्विन २०८१, आइतबार

मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

प्रकाशित मिति :  26 October, 2023 7:12 am


काठमाडौँ । काठमाडौं-कुलेखानी हेटौंडा सडकखण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरीखेतमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको र एक पुरुष घाइते भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्कुटर चालक काठमाडौं महानगरपालिका–२७ बस्ने वर्ष ६५ का शशीराज पाण्डे घाइते भएका र उनको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ उनकी पत्नी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको हेटौंडा अस्पतालमा उपचारका क्रममा साँझ करिब ७ः३० बजे मृत्यु भएको थियो।

उनका अनुसार काठमाडौंबाट हेटौंडा आउने क्रममा जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियोे।



प्रतिक्रिया दिनुहोस !