२० आश्विन २०८१, आइतबार

माैसम : पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव

प्रकाशित मिति :  26 October, 2023 8:07 am


काठमाडौँ । नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ ।

हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राती पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।



प्रतिक्रिया दिनुहोस !