२० आश्विन २०८१, आइतबार

पहाडमा हल्का वर्षा, उच्च पहाड र हिमालमा हिमपातको सम्भावना 

प्रकाशित मिति :  27 October, 2023 8:33 am


काठमाडौँ । हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार आगामी २४ घण्टामा देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको मौसम पूर्मानुमान बुलेटिनमा उल्लेख छ।

वर्षा, चट्याङ्ग र हिमपातको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस !