२० आश्विन २०८१, आइतबार

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन

प्रकाशित मिति :  27 October, 2023 10:59 am


काठमाडौँ । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । हृदयाघातका कारण उनको निधन भएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले जनाएका छन् ।

विहीबार राति १२ बजेर १० मिनेटमा उनको हृदयघातका कारण मृत्यु भएको टिभीले जनाएको छ ।

६८ वर्षीय नेता ली गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए ।

राष्ट्रपति सी जिनफिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरियतामा रहेका ली पछिल्लो समय सांघाइमा बस्दै आएका थिए ।ली खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए ।



प्रतिक्रिया दिनुहोस !