२० आश्विन २०८१, आइतबार

शान्ति प्राप्तिका लागि रुससँग वार्ता गर्न तयार छौँः हंगेरी प्रधानमन्त्री ओर्बान

प्रकाशित मिति :  27 October, 2023 11:10 am


काठमाडौँ । हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले रुस र युक्रेनबीचको युद्धविरामको पक्षमा आफू रहेको बताएका छन् ।

बिहीबार उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै रुस र युक्रेनबीचको युद्धविरामका लागि हंगेरी शान्तिको पहल गर्न तयार रहेको बताए । उनले ब्रसेल्समा युरोपियन युनियन (ईयू) नेताहरूको बैठकमा भाग लिनुअघि यस्तो बताएका हुन्।

उनले शान्तिका लागि आफूहरूसँग स्पष्ट र पादरर्शी नीति रहेको बताए । शान्तिका लागि आफूहरूसँग रणनीति रहेको भन्दै शान्तिको पक्षमा बोल्ने आफू मात्रै रहेको उनले बताए । ब्रसेल्समा ईयूका नेताहरूले इजरायल र हमास तथा रुस र युक्रेन युद्धका बारेमा चर्चा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !