२० आश्विन २०८१, आइतबार

टस हारेर यूएई विरुद्ध व्याटिङ गर्दै नेपाल

प्रकाशित मिति :  27 October, 2023 11:35 am


काठमाडौं । त्रिकोणात्मक टी– २० श्रृंखलाअन्तरगत फाइनल खेलमा आज नेपालले यूएईविरुद्ध व्याटिङ गर्दैछ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालले टस हारेर पहिलो ब्याटिङ गरिरहेको छ ।

नेपाल र यूएईबीचको खेल आज बिहान ११ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु भएको छ । यसअघिका लिग चरणका खेलहरु मुलपानी क्रिकेट मैदानमा खेलाइएको थियो ।

घरेलु टोली नेपाल लिग चरणमा अपराजित रहँदै फाइनल खेल्न लागेको हो । नेपालले समूह चरण ४ वटै खेल जितेर फाइनलमा पुगेको हो । नेपालले लिग चरणमा यूएईलाई ७ र ५ विकेट तथा हङकङलाई ६ विकेट र ७९ रनले हराएको थियो ।



प्रतिक्रिया दिनुहोस !