२० आश्विन २०८१, आइतबार

नेपालले युएईलाई दियो १६३ रनको लक्ष्य

प्रकाशित मिति :  27 October, 2023 1:11 pm


काठमाडौं । त्रिकोणात्मक टी–२०आई शृङ्खलाको उपाधिका लागि नेपालले यूएईलाई रनको १६३ लक्ष्य दिएको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १६२ रन बनाएको हो ।
नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले अर्धसतक प्रहार गरे ।

भुर्तेलले २८ बलमा अर्धसतक पूरा गर्दै आउट भएका हुन् । करण केसीले २१, दीपेन्द्रसिंह ऐरीले २० र कप्तान रोहित पौडेलले १८ को योगदान दिए । आसिफ शेख ७ र कुशल मल्ल १ रन बनाएर आउट भए ।

त्यस्तै सन्दिप जोरा १० र झा ५ रन जोडे । नेपालले १ सय ४३ रन जोड्दा सोम्पाल कामी १३ रन लिए। करण २१ र अभिनास बोहोरा शुन्य रनमा नटआउट रहे ।

यूएईका युवा स्पिनर अयान अफजल खानले घातक बलिङ गर्दै ३ विकेट लिएपछि नेपाल ठूलो स्कोर बनाउन चुक्यो । युएईका स्पिनर आयन खानले ३, अली नसिर र जहुर खानले समान २ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस !