२० आश्विन २०८१, आइतबार

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबिच भेटवार्ता

प्रकाशित मिति :  27 October, 2023 2:35 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ ।

प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार प्रधानमन्त्री दाहाललाई भेट्नका लागि एमाले अध्यक्ष ओली शुक्रबार दिउँसो २ बजे सिंहदरबार पुगेका थिए ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।गत असोज २० गते दुई नेताबिच भेट भएको थियो ।



प्रतिक्रिया दिनुहोस !