२० आश्विन २०८१, आइतबार

राष्ट्रिय सभाको बैंठक मंगलबार बस्ने

प्रकाशित मिति :  27 October, 2023 2:39 pm


काठमाडौं । राष्ट्रिय सभाको बैठक आगामी मंगलबार अपरान्ह पौने पाँच बजे बस्ने भएको छ ।

शुक्रबार राष्ट्रिय सभा सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले कात्तिक १४ गते मंगलबार अपारान्ह ४ बजेर ४६ मिनेटमा बस्ने गरी राष्ट्रिय सभा बैठक बोलाएको जानकारी गराएको हो ।

राष्ट्रिय सभा निवमावली, २०७५ को नियम ६ को उपनियम एक बमोजिम यस अघि गत असोज २९ गतेको सूचनाबाट राष्ट्रिय सभा बैठक स्थगित भएको राष्ट्रिय सभा सचिवालयका सचिव डा.सुरेन्द्र अर्यालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !