२० आश्विन २०८१, आइतबार

टी–२० क्रिकेट सिरिजको फाइनलमा नेपाल पराजित, युएईलाई उपाधि

प्रकाशित मिति :  27 October, 2023 3:06 pm


काठमाडौँ । टी–२० क्रिकेट सिरिजको उपाधि भिडन्तमा नेपाल पराजित भएको छ ।

नेपाल, युएई र हङकङबीचको टी–२० क्रिकेट सिरिजको उपाधि नेपाललाई पराजित गर्दै युएईले जितेको हो ।

त्रिवि मैदानमा भएको खेलमा युएईले नेपाललाई ४ विकेटले पराजित गर्दै उपाधि हात पार्‍यो । नेपालले दिएको १६३ रनको लक्ष्य युएईले अन्तिम बल बाँकी रहँदै ६ विकेटको क्षतिमा भेट्यो ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको उपाधि भिडन्तमा युएईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १६२ रन जोडेको थियो ।

सिरिजमा नेपालले लिग चरणका चारै खेल जितेर फाइनलमा पुगेको थियो । फाइनलमा भने युएईसँग पराजित भएर उपाधिबाट चुक्यो ।



प्रतिक्रिया दिनुहोस !