२० आश्विन २०८१, आइतबार

आइसीसी टी–२० विश्वकप छनौट खेलका लागि नेपाली टोलीको घोषणा

प्रकाशित मिति :  28 October, 2023 2:27 pm


काठमाडौँ । आइसीसी टी–२० विश्वकप छनौट खेलका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले टि–२० विश्वकप एसिया क्षेत्र छनोट खेलका लागि १५ सदस्यीय नेपाली टिम घोषणा गरेको हो ।

रोहित पौडेलको कप्तानीमा कुशल भूर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी रहेका छन् ।

यस्तै करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी पनि टिममा परेका छन् । खेल कात्तिक १३ गतेदेखि कीर्तिपुर र मुलपानी,काठमाडाैँमा हुनेछ ।

८ देश सहभागी हुने खेलमा २ समूह छ । समूह ‘ए’ मा नेपालसँगै मलेसिया, ओमन र सिंगापुर छन् ।

समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत र युएई परेका छन् । शीर्ष दुई टिम अर्को वर्ष हुने टी–२० विश्वकपमा छनोट हुनेछ ।



प्रतिक्रिया दिनुहोस !