२० आश्विन २०८१, आइतबार

राष्ट्रसंघका महासचिव गुटेरेस नेपालमा, मंगलबार लुम्बिनी पुग्ने

प्रकाशित मिति :  29 October, 2023 9:00 am


काठमाडौँ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल आइपुगेका छन्। शनिवार रातको १ बजे नेपाल आइपुगेका उनलाइ परराष्ट्रमन्त्री एपी साउदले स्वागत गरेका हुन्। 

नेपालमा रहँदा मंगलबार गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने भएका छन् । लुम्बिनी विकास कोषका अनुसार मंगलबार बिहान ९ बजेदेखि १० बजेभित्र महासचिव गुटेरेस सहभागी औपचारिक कार्यक्रम हुनेछ ।

महासचिव गुटेरेसको नेपाल भ्रमणका महत्त्वपूर्ण एजेन्डाहरूमा विश्व शान्ति र नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन र हिमालयले भोगिराखेको समस्या तथा विश्व शान्तिको प्रतीक गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियकरण, दिगो विकासका लक्ष्य छन् ।

यस्ताे छ भ्रमणतालिकाः

चार दिने नेपाल भ्रमणका क्रममा आइतबार दिउँसो परराष्ट्रमन्त्री साउदसँग द्विपक्षीय भेटवार्ता गरेपछि प्रधानमन्त्री दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । 

नेपालका पूर्वप्रधानमन्त्रीहरूसँग सामूहिक भेटवार्ता, गुटेरेस ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकनपछि रात्रिभोजमा सरिक हुने कार्य्रकम छ। 

सोमबार महासचिव गुटेरेस जलवायु परिवर्तनको असरलाई बुझ्न सोलुखुम्बुको स्याङ्बोचेसम्म अवलोकनमा पुग्नेछन्। फर्केर ललितपुरस्थित यूएन हाउसको कार्यक्रममा सहभागी भइ राति पोखरामा बस्ने कार्यक्रम छ । 

मंगलबार अन्नपूर्ण सर्किट अवलोकनपछि पोखरा फर्केर पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रमपश्चात गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुग्ने कार्यक्रम तय भएको हो। 

लुम्बिनीबाट काठमाडौं फर्केर मंगलवार नै बेलुकी संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। संसद्कै परिसरमा पत्रकार सम्मेलन मंगलवार नै हुनेछ भने । 

बुधबार महासचिव गुटेरेस नेपालको आफ्नो चारदिने भ्रमण पूरा गरी फर्कने कार्यक्रम तय भएको हो।



प्रतिक्रिया दिनुहोस !