२० आश्विन २०८१, आइतबार

यस्ताे रहनेछ देशभर साेमवारदेखि बुधवारसम्मकाे माैसम 

प्रकाशित मिति :  30 October, 2023 7:37 am


काठमाडाैँ । साेमवारदेखि आगामी तीन दिन देशभर माैसम सामान्यतया सफा रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । 

विभागका अनुसार तीन दिन नै रातकाे समयमा देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ भने दिनमा भने देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ । 

यस्ताे छ तीन दिनकाे माैसम पूर्मानुमानः 

२०८० कार्तिक १३ गते (सोमबार)

दिउँसो ː कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

२०८० कार्तिक १४ गते (मंगलबार)

दिउँसो ː देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

२०८० कार्तिक १५ गते (बुधबार)

दिउँसो ː देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।



प्रतिक्रिया दिनुहोस !