२० आश्विन २०८१, आइतबार

सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य

प्रकाशित मिति :  30 October, 2023 11:12 am


काठमाडौँ । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा घरेलु टोली नेपाललाई सिंगापुरले १ सय ४६ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको हो ।

सिंगापुरका युवा ओपनर रोहन रंगराजनले ३० बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए । डेब्यू खेल खेलेका आर्यवीर चौधरीले २६ बलमा ५ चौकासहित ३७ रन बनाए ।

नेपालका लागि अभिनाष बोहोराले ३ विकेट लिए । यसैगरी करण केसी, सन्दीप लामिछाने र गुल्शन झाले दुई–दुई विकेट लिए ।



प्रतिक्रिया दिनुहोस !