२० आश्विन २०८१, आइतबार

सुनचाँदीको मूल्य घट्यो

प्रकाशित मिति :  30 October, 2023 11:11 am


काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेर तोलाको एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेवाजी सुन तोलाको एक लाख १५ हजा ९५० रुपैयाँ किनबेच भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको ५ रुपैयाँले घटेर तोलाको १४१० रुपैयाँमा कारोबार भइरेहेको महासंघले जनाएको छ ।

आइतबार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलाको एक लाख १७ हजार र चाँदी १४१५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !