२० आश्विन २०८१, आइतबार

अस्ट्रेलियन युवाहरू जुवा तासको बढी जोखिममा

प्रकाशित मिति :  31 October, 2023 10:25 am


काठमाडौँ । १८—३४ वर्षका अस्ट्रेलियन युवाहरू जुवातासको जोखिममा रहेको सरकारी तथ्यांकले देखाएको छ ।

संघीय सरकारको एजेन्सीमा रहेको अस्टे«लियाली जुवा अनुसन्धान केन्द्र अस्ट्रेलियन इन्स्टिच्युट अफ फेमिली स्टडिज (एआईएफएस) ले प्रकाशित गरेको तथ्यांकले यस्तो बताएको हो । १८—३४ वर्षका अस्ट्रेलियन युवाहरुरू सबै प्रकारका जुवाहरूमा एक महिनामा औसत १ हजार ४५३ अस्ट्रेलियन डलर (९१४ अमेरिकी डलर) खर्च गर्ने गरेको पाइएको हो ।

यो उमेर समूहका ८९ प्रतिशतले जोखिम मोलेर जुवा खेल्ने गरेको पाइएको तथ्यांकले देखाएको छ ।



प्रतिक्रिया दिनुहोस !