२० आश्विन २०८१, आइतबार

जबरजस्ती करणीको आरोपमा रोल्पामा एक युवा पक्राउ

प्रकाशित मिति :  31 October, 2023 10:54 am


रोल्पा । २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा रोल्पाका एक युवा पक्राउ परेका छन् । लुङग्री गाउँपालिका ६ तल्लो गुम्चाल बस्ने २८ वर्षीय नुम बहादुर रोकालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुुसार रोकाले उक्त किशोरीलाई लुङग्री गाउँपालिका-६ बेरी साउनेपानीमा आइतबार राति जबरजस्ती करणी गरी फरार भएको थिए ।

ईलाका प्रहरी कार्यालय सुलिचौर र प्रहरी चौकी झिलाङनिलेबाट खटिएको प्रहरी टोलीले रोकालाई तल्लो गुम्चालस्थित बाटोमा फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !