२० आश्विन २०८१, आइतबार

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस

प्रकाशित मिति :  31 October, 2023 5:30 pm


काठमाडौँ । “राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९” सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस भएको छ ।

मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा “राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९” सम्बन्धी समितिको प्रतिवेदन पेस भएको हो । बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्ती देवी राईले समितिको प्रतिवेदन पेस गरेकी हुन् ।

त्यस्तै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निर्वाचन आयोग, नेपालको सोह्रौं वार्षिक प्रतिवेदन २०७८\७९, राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७९\८०, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको, तेत्तिसौं वार्षिक प्रतिवेदन आ।व। २०७९\८० प्रस्तुत गरिन् ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।



प्रतिक्रिया दिनुहोस !