२० आश्विन २०८१, आइतबार

आज एमालेको चियापान कार्यक्रम

प्रकाशित मिति :  1 November, 2023 10:13 am


काठमाडौँ । आज नेकपा एमालेले चाडपर्वको अवसरमा चियापान कार्यक्रम गर्दैछ। दिउँसो साढे १२ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम सुरु हुने एमालेले जनाएको छ।

चियापान कार्यक्रमका लागि राजनीतिक दलका नेता, कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्तालाई निम्तो गरिएको केन्द्रीय कार्यालयले जनाएको छ ।

हरेक वर्ष दसैँ, तिहार, नेपाल संवत्, छठ, इद, ल्होसार लगायतका पर्वका अवसरमा एमाले, कांग्रेस लगायतका राजनीतिक दलले चियापान कार्यक्रम गर्दै आएका छन्।

कात्तिक १४ गते चियापान कार्यक्रम आयोजना गर्ने तयारी गरे पनि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणलाई मध्यनजर गर्दै कार्यक्रम एक दिन ढिला भएको हो ।



प्रतिक्रिया दिनुहोस !