१० मंसिर २०८१, सोमबार

योजना सञ्‍चालन सम्बन्धी अभिमुखिकरण,योजना सम्झौता तथा खाता सञ्‍चालन कार्य वडाबाट हुने

प्रकाशित मिति :  1 November, 2023 11:36 am


रोल्पा । सुनिलस्मृति गाउँपालिकाले उपभोक्ता समितिमार्फत सञ्‍चालन गरिने योजना कार्यान्वयनका लागि योजना सञ्‍चालन सम्बन्धी अभिमुखिकरण, योजना सम्झौता तथा खाता सञ्‍चालन कार्य वडा स्तरबाट गर्ने भएको छ ।

चालु आर्थिक वर्षको स्वीकृत योजना तथा कार्यक्रम अन्तरगत उपभोक्ता समितिमार्फत सञ्‍चालन गरिने योजना कार्यान्वयनका लागि उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना सञ्‍चालन सम्बन्धी अभिमुखिकरण, योजना सम्झौता तथा खाता सञ्‍चालन कार्य वडा स्तरबाट गाउँपालिकाले जनाएको छ ।

उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमूखिकरण र योजना संझौताका लागि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सहितको टिम र योजनाहरुको खाता सञ्‍चालनका लागि ग्लोवल आइ.एम.ई. बैंक सुलिचौर शाखाबाट कर्मचारी खटिने योजना शाखा प्रमुख रनवीर बुढाले जानकारी दिए ।

जस अनुसार कार्तिक २१ गते वडा नं. ६ को कार्यालय गजुलकोट, कार्तिक २२ गते वडा नं. २ को वडा कार्यालय खुंग्री, कार्तिक २३ गते वडा नं. ८ को वडा कार्यालय अरेशबाट काम हुने छ ।

मंसिर १७ गते वडा नं. १ को वडा कार्यालय घोडागाउँ, मंसिर १८ गते वडा नं. ३ को वडा कार्यालय मिझिङ, मंसिर १९ गते वडा नं. ४ को कार्यालय सूलीचौर, मंसिर २० गते वडा नं. ५ को वडा कार्यालय तेबाङ, र मंसिर २१ गते गते वडा नं. ७ को वडा कार्यालय तेबाङ सञ्‍चालन गरिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !