२० आश्विन २०८१, आइतबार

पर्यटन ऐनहरू समय सापेक्ष बनाउन जरुरी छ : पर्यटनमन्त्री किराँती

प्रकाशित मिति :  1 November, 2023 2:33 pm


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन ऐनहरू समय सापेक्ष बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

बुधवार नेपाल पर्वतारोहण संघको ५० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले पर्यटन ऐनहरू पुरानो भएकाले समय सापेक्ष बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताए ।

उनले विदेशी पाहुनालाई जहाजको भाडा नेपालीको भन्दा दोब्बर बनाउँदा विश्व समुदायमा नकारात्मक सन्देश गएको बताए । उनले निषेधित क्षेत्रका कारणले पर्यटनमा धेरै ठूलो असहजता रहेको पनि बताए । किरातीले नेपालको पर्यटनलाई नयाँ ढंगले ब्राण्डिङ गर्नसके पर्यटनबाट समृद्धि सम्भव रहेको जिकिर गरे ।

उनले भने, “नेपालले ३० वर्षदेखि यता धेरै ठूला विनाशकारी घटना व्यहोरिरहेको छ । समुन्द्रमा पानीको सतह बढीरहेको छ । संस्कृतिले ठूलो चुनौति व्यहोरिरहेको छ । हिउँ पहिरो बढी जाने सम्भवाना बढेको छ । जलवायु परिवर्तनको समाधान विश्वको साझा चुनौति बनेको छ । हामीले हाम्रो देशको हिमालको रक्षा गर्नसक्यौँ भने मात्रै नेपाल रहन्छ । पर्यटन ऐनहरू पुरानो छ, समय सापेक्ष गर्नुपर्ने छ । जहाजको भाडा विदेशी पाहुनालाई डबल गरेका छौँ । त्यसले नकारात्मक सन्देश विश्वमा गइरहेको छ । निषेधित क्षेत्रका कारणले पर्यटनमा धेरै ठूलो असहजता छ ।”

मन्त्री किराँतीले हिमाल फोहोर भएको भन्दै सबैले मिलेर सफा गर्नुपर्ने चुनौति रहेको बताए । उनले नेपालमा पर्यटनबाट समृद्धि सम्भव रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !