२० आश्विन २०८१, आइतबार

‘काठमाडौँका संस्कृति–सम्पदालाई विश्वमा चिनाउने एकमात्र माध्यम चलचित्र क्षेत्र हाे’

प्रकाशित मिति :  1 November, 2023 2:51 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौँ उपत्यकाका संस्कृति र सम्पदालाई विश्वमा पुर्‍याउने एकमात्र माध्यम चलचित्र क्षेत्र रहेको बताएकी छन् ।

राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ को रूपमा सूचिकृत गरेसँगै बुधवार काठमाडौँ महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले युनेस्कोले काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ को रूपमा सूचिकृत गर्नुले झनै चुनौती थपिएको बताइन् । उनले काठमाडौँ आफैँमा क्रिएटिभ सहर भएको बताइन् । उनले खानेकुरा, संगीत, डिजाइन, सबै क्षेत्रमा काठमाडौँ रचनात्मक सहर भएको बताइन् ।

उपप्रमुख डंगोलले काठमाडौँको कला, डिजाइन, फिल्म लगायत सांस्कृतिक सम्पदाहरू विश्वमा देखाउन चलचित्र क्षेत्र नै एकमात्र माध्यम भएको जिकिर गरिन् ।



प्रतिक्रिया दिनुहोस !