२० आश्विन २०८१, आइतबार

भारतीय सयपत्री फूलको माला आयातमा रोक

प्रकाशित मिति :  1 November, 2023 3:41 pm


काठमाडौँ । सरकारले भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाएको छ । तिहारका लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले यसवर्ष भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाएको हो ।

बागमती प्रदेश सरकारअन्तर्गत पुष्प विकास केन्द्र गोदावरी ललितपुरले एक सूचना जारी गर्दै पुष्प विकास केन्द्र गोदावरीले कात्तिक १ गतेदेखि नै लागू हुने गरी सयपत्री मालाको आयातमा रोक लगाएको हो ।

यस वर्ष सरकारी तथा निजी संस्थाको संयन्त्रबाट अनुगमन कडा गरिने र अवैध भेटिएमा जफत र दण्ड जरिवाना हुने भन्दै कार्यालयले सचेत समेत गराएको छ ।

‘‘यस वर्षको तिहारका लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने देखिएको हुँदा यही कात्तिक १ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि भारतीय सयपत्री मालाको आयात अनुमतिपत्रको सिफारिस जारी गर्ने कार्य बन्द गरिएको छ ।’’ पुष्प विकास केन्द्र गोदावरीद्वारा जारी सूचनामा उल्लेख छ ।

यसैगरी, इजाजतपत्र बेगर भारतीय सयपत्री माला आयात गरिएको भेटिएमा कानुन बमोजिम कारबाही हुने केन्द्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !