२० आश्विन २०८१, आइतबार

भोलिदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा घट्ने

प्रकाशित मिति :  1 November, 2023 5:48 pm


काठमाडौँ । देशभरका सरकारी कार्यालयहरू भोलि (बिहीबार) देखि अपरान्ह ४ बजेसम्म मात्र खुल्ने भएका छन् ।

सरकारी कार्यालयहरू कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्र खुल्नेछन् । शुक्रबारको दिन भने ३ बजेसम्म मात्र कार्यालय खुल्नेछ भने माघ १६ देखि सरकारी कार्यालयहरू बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नै खुल्नेछन् ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर वर्षभरि हुने सार्वजनिक बिदा र सरकारी कार्यालय खुल्ने र बन्द हुने समय तय गर्ने गर्छ ।



प्रतिक्रिया दिनुहोस !