नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सचिवालय बैठक भोली
काठमाण्डौं, १६ वैशाख ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सचिवालय बैठक बोलाएको छ । चर्को विवादपछि भोली सचिवालयको बैठक बस्ने टुंगो लागेको छ ।
दल विभाज विभाजनसम्बन्धि अध्यादेशपछि नेकपाभित्र चर्को विवाद छ ।
विवादकैबीच अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको थियो। दुई अध्यक्षबीचपछि सचिवालय बैठक बोलाईएको नेकपा स्रोतले जनाएको छ ।
यसअघि सचिवालय बैठक आजै बस्ने भनिएको थियो।
दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूह आक्रोशित बनेको छ। प्रचण्ड र नेपाल पक्षका २० जना नेताले तत्काल स्थायी समिति बैठक बोलाउन माग गरिसकेका छन् ।
आवश्य परे केन्द्रीय कमिटी बैठक समेत बेलाउन माग गरिएको छ । प्रधानमन्त्री ओलीले आफूमाथी षडयन्त्र भइरहेको तथा प्रधानमन्त्री र अध्यक्षबाट हटाउन प्रयास भईरहेको दाबी गरिरहेका छन् ।
प्रचण्ड र नेपाल पक्षसमेत ओलीलाई ठिक ठाँउमा ल्याउने प्रयासमा लगेका छन् ।
ओली र नेपाल पक्षका नेताहरु हिजो र आज सहमतिका लागि छलफल गरेपनि निकास निस्कन सकेको छैन । विवादकै बीच सचिवालय बैठक बोलाईएको हो ।