२० आश्विन २०८१, आइतबार

गाजाका लागि सहायता सामग्री बोकेका ट्रक रोकिए

प्रकाशित मिति :  2 November, 2023 11:42 am


काठमाडौँ । तीन हप्तादेखि इन्धन, खाना, पानी र चिकित्सा आपूर्तिबाट वञ्चित भएका २३ लाख प्यालेस्टाइनीहरूका लागि सहायता सामग्री पठाइएका ट्रक इजिप्टमा रोकिएका छन् ।

गाजापट्टीमा प्रवेश गर्न राहत सहायता बोकेका सयौं ट्रकहरू इजिप्टको राफा क्रसिङमा रोकिएका हुन् । गाजा प्रवेश गर्ने सामग्रीसहितका ट्रकको संख्या बढे पनि ती ट्रकहरु गाजा प्रवेशका लागि अनुमति कुरिरहेको बताइएको छ ।

दैनिक आवश्यक पर्ने सय ट्रक सामानको मात्रा अझै कम रहेको बताइएको छ । इजरायल—हमास द्वन्द्व सुरु भएको दुई हप्तापछि अक्टोबर २१ मा रफाह हुँदै मानवीय सहायता बोकेका करिब २५० ट्रक प्यालेस्टिनी क्षेत्रमा प्रवेश गरेका छन् ।

अल्जेरिया, कुवेत, इराक, टर्की, संयुक्त अरब इमिरेट्स, बहराइन, ट्युनिसिया, फ्रान्स, डेनमार्क, इटाली, बेल्जियम, भेनेजुएलालगायत संयुक्त राष्ट्रसंघका एजेन्सीहरूलगायत धेरै देशले राहत सामग्री बोकेका विमानहरू पठाइसकेका छन् । जारी इजरायल—हमास द्वन्द्वमा दुवै पक्षका आधिकारिक तथ्यांकअनुसार ८ हजार ५२५ प्यालेस्टाइनी र १, हजार ४ सय इजरायली मारिएका छन् । इजरायली रक्षा बलका अनुसार हमासले गरेको आक्रमणमा जम्मा २३९ जनालाई बन्धक बनाएको थियो ।



प्रतिक्रिया दिनुहोस !