२० आश्विन २०८१, आइतबार

तोलामा ७०० रुपैयाँ बढ्यो सुन, कति छ आजको मूल्य

प्रकाशित मिति :  2 November, 2023 11:44 am


काठमाडौँ । नेपाली बजारमा आज बिहिबार छापावाला सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार बुधबार तोलामा एक हजारले घटेको सुनको मूल्य आज बिहिबार तोलामा ७०० रुपैयाँले बढेर तोलाको एक लाख १५ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १५ हजार १५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघको जानकारी अनुसार चाँदी प्रतितोला २० रुपैयाँ बढेर तोलाको १४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !