२० आश्विन २०८१, आइतबार

प्युठानभित्र पर्ने मुख्य दुई सडकको निर्माण ढिलाइ भइरहेको भन्दै सांसद थापाद्वारा ध्याकर्षण

प्रकाशित मिति :  2 November, 2023 1:09 pm


काठमाडौँ । सांसद सूर्य थापाले प्युठान-बागलुङ जोड्ने ७१ किलोमिटर सडक र प्युठानभित्र पर्ने मदनभण्डारी राष्ट्रिय राजमार्ग निर्माणमा भइरहेको ढिलाईबारे प्रश्न उठाएका छन् ।

प्रतिनधि सभा बैठककाे आज शून्य समयमा बोल्दै सांसद थापाले आफूले सदनमा पहिलो दिनदेखि नै प्यूठानको सडक पूर्वाधारबारे विषय उठान गरिरहेको स्मरण गराए ।

उनले प्युठानलाई बागलुङसँग जोड्ने बागदुला-मच्छि-ठुलावेशी-भिमगिठे सडकखण्डको ७१ किलोमिटर विगत १० वर्षदेखि अलपत्र हुँदै आएको बताए ।

उनले भने,“ यसले सिंगो जिल्लालाई भुक्तमान वेहोर्न बाध्य पारेको छ । यसको नयाँ ठेक्का लगाउने तर्फ मन्त्रालय र सम्बन्धित निकायले किन तदारुकता देखाउन नसकेको हो । बजेटको सेत सुनिश्चिता भएका यस्ता आयोजनाका ठेक्का अभिलम्ब लगाई काम अगाडी बढाउन जोडदार माग गर्दछु ।”

सांसद थापाले सिमलटारी-सौतामारे-मच्छि ३१.८ किलोमिटर सडक खण्डको मदन भण्डारी राष्ट्रिय राजमार्ग निर्माणको ठेक्का लागिसकेपछि काममा ढिलाई भइरहेको प्रति पनि ध्यानकर्षण गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !