२० आश्विन २०८१, आइतबार

असन्तुष्टि जनाउने सांसद गौतमको तरिका, बोल्न पाएको समयमा चुपचाप उभिइरहे

प्रकाशित मिति :  2 November, 2023 1:34 pm


काठमाडौँ । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले सदनमा बोल्ने समय लिएर पनि मौन वसेका छन् ।

सभामुख देवराज घिमिरेले प्रतिनिध सभाकाे आजकाे बैठमा शुन्य समयमा गौतमलाई बोल्ने समय दिएका थिए । सांसद गौतम आफ्नो आसनबाट त उठे तर चुपचाप लागेर मौन रहे ।

सभामुख घिमिरेले,“माननीयलाई बोल्ने समय दिइएको छ ’ भने पनि उनी अभिइरहे मात्रै । उनले जानेरै मौन वसेको बुझेपछि अन्य दलका सांसदले समेत टेबल बजाएका थिए ।”

गौतमले विकास निर्माणसँग सम्बन्धित विभिन्न १५ बुँदे माग गत वैशाखमा आफ्नो गृह जिल्ला बर्दियामा आमरण अनशनमा बसेका थिए ।

सदन र सडकबाट माग पूरा गराउन पटकपटक पहल गर्दा पनि सरकारले नसुनेपछि बाध्य भएर आमरण अनशन सुरु गर्नुपरेको उनको भनाई थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले ११ बुँदे सहमति गरेपछि अनसनको एकहप्तामा उनले अनसन तोडेका थिए ।

असन्तुष्टि जनाउन सांसद गाैतमले विभिन्न तरिका अपनाउने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !