२० आश्विन २०८१, आइतबार

सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने विषयमा शीर्ष नेताको छलफल सकारात्मक : सांसद पुन

प्रकाशित मिति :  2 November, 2023 2:25 pm


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कामहरु टुङ्ग्याउन सबै राजनीतिक दलहरु मिल्नुपर्ने बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सांसद पुनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन शीर्ष तहमा एक किसिमको सकारात्मक छलफल भएको बताए । उनले अन्तर्राष्ट्रिय समर्थन रहने उद्घोष भएकाले सरकार पक्ष, प्रमुख प्रतिपक्ष, प्रतिपक्ष सबै एकै ठाउँ आएको जानकारी दिए । उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कामहरू पीडितमैत्री बनाइ टुङ्ग्याउनुपर्ने बताए । उनले सबै राजनीतिक दलहरुले सहकार्य गरेर अघि बढे पीडितहरूलाई न्याय दिएर सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन सकिने धारणा व्यक्त गरे ।

‘‘शान्ति प्रक्रियाका बाँकी काम सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित काममा हामी अलिकति अघि बढेका छौँ । त्यसमा अन्तर्राष्ट्रिय समर्थन रहने जो उद्घोष भएको छ । त्यसमा सरकार पक्ष, प्रमुख प्रतिपक्ष, प्रतिपक्ष सबै नै एक ठाउँ नजिक आउँदै गरेका छौँ । यद्यपी विधेयक अहिले पनि समितिमा छ । त्यसमा सहमतिको प्रयत्न भएको छ । सहमति किन बन्न सकेन भन्ने सबैलाई थाहा छ । पीडितमैत्री बनाउनुपर्छ । भन्ने सबैलाई थाहा छ ।,’’ सांसद पुनले भने, ‘‘द्वन्द्वरत पार्टीहरु सबै बसेका छौँ, सबैसँगै चुनाव लडेका छौँ । पार्टी एकता पनि गरेका छौँ । तर पीडितहरु आज पनि प्रश्न छ रु सबै एउटै बसेर एकले अर्कोलाई मान्ने तर पीडितले किन न्याय नपाउने भन्ने छ रु यो सबैलाई प्रश्न हो, दल विशेषलाई मात्रै होइन । यसमा सबैले सहकार्य गरेर पनि जानुपर्छ । हिजोसम्म नेताहरुबीचमा भएका छलफलले सकारात्मक सन्देश गरेको छ । हामी मिलेर जानेमा नै छौँ । सबै मिलेर जाने सहमति गर्नुपर्छ । सत्ता पक्ष र सरकारले त्यसमा प्रयत्न गर्नुपर्छ ।’’

उनले सरकारले अर्थतन्त्र चलायमान बनाउन थप पहल गर्नुपर्ने आवश्यकता रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !