२० आश्विन २०८१, आइतबार

ठुला भनिएका तीन दलहरू बाहेकका लागि संसद् अनुदार छः रवि लामिछाने

प्रकाशित मिति :  2 November, 2023 2:35 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठुला भनिएका तीन दलहरू बाहेकका लागि संसद् अनुदार रहेको आरोप लगाएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ठुला भनेका दलको सिन्डिकेट संसदमा लादिने काम भएको बताए । उनले संसदमा दर्ता भएका संकल्प प्रस्तावहरूको छलफल नचलाउँदा असान्दर्भिक हुन पुगेकोप्रति संसदको ध्यानाकर्षण गराए ।

उनले नागरिक र सरोकारवालको सुझाव नलिई कानुन बनाउने प्रवृत्तिका कारण कानुनहरू राम्रो बन्न नसकेको दाबी गरे । उनले संसदले सत्ता पक्षको बहुमतको बलमा कानुन बनाउँदा जनताको राय लिने स्वाभाविक प्रक्रियालाई निरुत्साहित गरेको आरोप लगाए ।

उनले भने, “ठुला भनेका दलको सिन्डिकेट लादिने यो संसदमा संकल्प प्रस्ताव कार्यसूचीमै चढ्न सकेन । बेलैमा छलफल नचलाउँदा ती प्रस्ताव अहिले असान्दर्भिक भएका छन् । तर समस्याको दीर्घकालीन समाधानको लागि प्रस्ताव ढिलो चाँडो छलफल चलाउनै पर्छ ।”

नागरिक र सरोकारवालको सुझाव नलिई कानुन बनाउने प्रवृत्तिका कारण कानुनहरू राम्रो उनले अगाडि भने, “कानुन बनाउँदा राय लिऊँ भन्ने बहुमतको बलमा पेलिँदो रहेछ । यो संसद् ठुला भनिएका तीन दलहरू बाहेकका लागि अनुदार छ ।”



प्रतिक्रिया दिनुहोस !