२० आश्विन २०८१, आइतबार

रिगललाई आममाफी दिने निर्णय बदर गर्न सर्वोच्चको आदेश

प्रकाशित मिति :  2 November, 2023 4:21 pm


काठमाडौँ । सर्वोच्च अदालतले जन्मकैद सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने सरकारको निर्णय बदर गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतले बिहीबार पत्रकार सम्मेलन गरेर कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र डा। कुमार चुडालको पूर्ण इजलासले रिगललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय बदर गरिदिएको जानकारी गराएको हो।

संविधान दिवसका अवसरमा गत असोज ३ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलसहित अन्यको कैद मिनाहा गरेका थिए ।

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २८ असार २०७२ मा चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगलमाथि थियो । रिगललाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

रिगल बाँकेकै चेतन मानन्धरको हत्यामा दोषी ठहर भई जेल चलान भएका थिए । रिगलले आममाफी पाएपछि भारती शेर्पाले सर्वोच्चमा रिट निवेदन दिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !