२० आश्विन २०८१, आइतबार

पहाडको थोरै स्थानमा वर्षा, हिमालमा हिमपात हुन सक्ने

प्रकाशित मिति :  3 November, 2023 8:09 am


एआइले बनाएकाे समाचार प्रतिनिधि तस्बिर ।

काठमाडौँ । आगामी २४ घण्टामा देशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपातको समेत सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न विभागले अनुरोध गरेको छ ।

दैनिक क्रमिक रुपमा तापक्रम घटिरहेको हुँदा आवश्यक सतर्कता अपनाउन विभागले सचेत बनाएको छ।



प्रतिक्रिया दिनुहोस !