२० आश्विन २०८१, आइतबार

शनिबार यी क्षेत्रमा ४ घण्टा विद्युत् आपूर्ति बन्द हुने

प्रकाशित मिति :  3 November, 2023 10:25 am


काठमाडौँ । शनिबार बिहान सिंहदरबार परिसर र आसपासका क्षेत्रमा ४ घण्टा विद्युत् आपूर्ति बन्द गरिने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले एक सुचना जारी गर्दै स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत गर्नुपर्ने भएकाले सिंहदरबारस्थित के ३ सबस्टेसनबाट आपूर्ति हुने विद्युत् शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म बन्द गरिने जनाएको छ।

जस अन्र्तगत सिंहदरबार परिसरभित्रका सबै कार्यालय, जिल्ला प्रशासन कार्यालय बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतोपुल, रातोपुल क्षेत्रमा शनिबार बिहान ७ बजेदेखि विद्युत बन्द हुने छ ।



प्रतिक्रिया दिनुहोस !