२० आश्विन २०८१, आइतबार

अष्ट्रेलियामा विदेशमा जन्मिएकाको जनसंख्या बढ्दै

प्रकाशित मिति :  3 November, 2023 10:30 am


काठमाडौँ । अष्ट्रेलियामा विदेशमा जन्मिएकाको जनसंख्या बढ्दै गएको छ । कोभिड–१९ को महामारीका कारण मन्दी आएपछि अर्को देशमा जन्मिएका अस्ट्रेलियाली नागरिकको अनुपात बढेको हो ।

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) द्वारा प्रकाशित तथ्याङ्कअनुसार, अष्ट्रेलियाको विदेशमा जन्मेको जनसंख्या २०२१ र २०२२ को बिचमा १ लाख ५५ हजार मानिसले बढेको छ ।

जुन ३०, २०२२ सम्म, ७.७ मिलियन अष्ट्रेलियाली बासिन्दाहरू विदेशमा जन्मिएका थिए । जुन कुल राष्ट्रिय जनसंख्याको २९.५ प्रतिशत हो । सन् २०२०\०२१ को बिचमा अष्ट्रेलियाको विदेशमा जन्मेको जनसंख्याको हिस्सा २९.९ प्रतिशतबाट घटेर २९.३ प्रतिशतमा झरेको छ । यो संख्या सन् १९९९ पछि पहिलो पटक घटेको हो । सन् २०१२ र २०२२ को बीचमा अस्ट्रेलियामा भारतमा जन्मेका व्यक्तिहरू सबैभन्दा छिटो बढ्दो आप्रवासी समूह थिए, त्यसपछि चीनमा जन्मेका र नेपालमा जन्मेका मानिसहरू छन् ।

सन् २०२२ सम्ममा अष्ट्रेलियाको कुल जनसङ्ख्याको २.३ प्रतिशत चिनियाँ मुलका बासिन्दा थिए, जुन २०१२ मा १.।८ प्रतिशत थियो । सोही अवधिमा इङ्ल्याण्डमा जन्मेका अष्ट्रेलियाली नागरिकको हिस्सा ४.४ प्रतिशतबाट ३.७ प्रतिशतमा झरेको छ ।



प्रतिक्रिया दिनुहोस !