२० आश्विन २०८१, आइतबार

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

प्रकाशित मिति :  3 November, 2023 10:44 am


काठमाडौँ । बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउन थालेको हो ।

नियमित तालिकाअनुसार कात्तिक २ र ३ गते भएपनि दसैँ परेका कारण १७ र १८ गते सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरूलाई जुकाको औषधि खुवाइने छ ।



प्रतिक्रिया दिनुहोस !