२० आश्विन २०८१, आइतबार

गोदावरी मेलाको २१ हजारले गरे अवलोकन, तीन दिनमा ५२ लाखभन्दा बढीको कारोबार

प्रकाशित मिति :  3 November, 2023 11:24 am


काठमाडौँ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ मंगलवारबाट ललितपुरको जावलाखेल खेल मैदानमा सुरू भएको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी तेस्रो दिन मेलामा अवलोकनकर्ताको घुइँचो बढेको छ ।

फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान)को आयोजनामा कार्तिक १४ गतेबाट सुरू मेला कार्तिक १८ गते (शनिवार) सम्म चल्नेछ । पुष्प विकास केन्द्र सह आयोजक रहेको उक्त प्रदर्शनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको सहयोग रहेको छ भने सेवा कोकोपिटले प्रयोजन गरेको छ । कृषि विकास बैंक बैंकिङ साझेदार रहको छ ।

पहिलो, दोस्रो र तेस्रो दिन सम्म कुल २१ हजार भन्दा बढीले मेला अबलोकन गरेको र करिब ५२ लाख ४५ हजार रुपैँया बढीको कारोबार गरेको अध्यक्ष मीन बहादुर तामाङले जानकारी दिए ।

बिगतमा चार दिने मेला हुने गरेकोमा यस वर्ष एक दिन थप गरी पाँच दिने मेला आयोजना भएकाे छ । प्रदर्शनीमा व्यवसायिक स्टल ६१, प्रतियोगितात्मक स्टल २, फ्लावर सजावट स्टल २ र सूचनामूलक ५ लगायत गरी ७० वटा स्टल रहेका छन् ।

हाल नेपालमा ४८ जिल्लामा करीब २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको फ्यानको तथ्याकं छ । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ४४ हजार भन्दा बढी जनशक्ति रोजगारमा संलग्न छन् ।

यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढिको व्यवसायिक कारोबार हुने अपेक्षो आयोजकले गरेको छ ।

मेलाको थप आकर्षणहरुमा यस बर्ष सेवा कोकोपिटद्वारा प्रायोजित हरेक दिन बिक्री हुने गेट टिकट नंम्बरको आधारमा सोहि दिन बेलूकी लक्की ड्र गरी बिजेता हुन सफल एक जना मेला अवलोकन कर्ताहरुलाई गमला सहितको ५ वटा आकर्षक गोदावरी फूलको बिरुवा र ५ किलोको सेवा कोकोपिट उपहार प्रदान गरिने कार्यक्रम अनुसार २०८० कार्तिक १५ गतेको बिजेता टिकट नं।१९१७ रहेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !