२० आश्विन २०८१, आइतबार

शुक्रबार पनि बढ्यो सुन

प्रकाशित मिति :  3 November, 2023 11:25 am


काठमाडौँ । नेपाल सुनचाँदी बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज शुक्रबार छापावाला सुन तोलाको २०० रुपैयाँ बढेर प्रतितोला एक लाख १५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै महासंघले आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ३५० तोकेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । महासंघको विवरण अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेर तोलाको १३९० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !