२० आश्विन २०८१, आइतबार

संसदीय व्यवस्था भनेपनि सांसदका कुरा लागु हुँदैनन् : अध्यक्ष राउत

प्रकाशित मिति :  3 November, 2023 11:30 am


काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले शीर्ष तीन नेताहरूले मात्रै देश चलाउने कुरा तोड्नका लागि जनमत पार्टीको स्थापना भएको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नाम मात्रैको लोकतन्त्र रहेको बताए ।

उनले संसदीय व्यवस्था भनेपनि सांसदहरूले भनेका कुरा लागु नहुने गरेको बताए । देश ३५ वर्ष यता तीनजना नेताहरूमै घुमिरहेकाले त्यसलाई चिर्न आफूहरू आएको बताए ।

जनताका गास, बास र कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षाका अपेक्षालाई पूरा गर्नुपर्ने जिम्मेवारी आफूहरूमा रहेको उनले भनाइ छ ।

अध्यक्ष राउतले जनताको भरोसालाई इमान्दारितकासाथ पूरा गर्ने जिम्मेवारी आफ्नो पार्टीलाई आएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !