२० आश्विन २०८१, आइतबार

सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन

प्रकाशित मिति :  3 November, 2023 12:04 pm


काठमाडौं । रामेछाप विमानस्थलमा राष्ट्रिय सुरक्षा मापदण्डको उल्लङ्घन गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को सूचना नभएसम्म तारा एयरका दुई वरिष्ठ क्याप्टेनको लाइसेन्स निलम्बन गरेको जनाएको छ।

राष्ट्रिय सुरक्षा मापदण्डको उल्लङ्घन गरेका घटना विस्तृत अनुसन्धानले लाइसेन्स खारेज गर्न र नियमबमोजिम अन्य दण्डात्मक कारबाही गर्न सक्ने प्राधिकरणले जनाएको छ ।

शुक्रबार बिहान तारा एयरका दुई क्याप्टेन सन्तोष साह र सञ्जिव श्रेष्ठबीच रामेछापमा झगडा भएको थियो।



प्रतिक्रिया दिनुहोस !