२० आश्विन २०८१, आइतबार

बेनेलीको बाइक खरिद गर्दा थाइल्याण्ड घुम्न जान पाउने अवसर

प्रकाशित मिति :  3 November, 2023 12:40 pm


काठमाडौँ । नेपालका लागि बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङ प्रालिले चाडपर्व लक्षित नयाँ अफर सार्वजनिक गरेको छ ।

दशैं र तिहार पर्वलाई लक्षित गरी ‘पहिला कहिल्यै नभएको अहिले’ नामक योजना सार्वजनिक गरेको हो । यो अफर बेनेलीका सबै मोडलका मोटरसाइकलका लागि मान्य हुनेछ ।

यसमा ग्राहकहरूले प्रत्येक खरिदमा थाइल्याण्डको निःशुल्क यात्रा वा सो बराबरको नगद छुट, बेनेलीको ब्रान्डेड हेल्मेट र अन्य धेरै उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो अफर विभिन्न मोडलहरूमा विविधिकरण गरिएको छ । जसमा बेलेनी पेनेरिया स्कुटर, टीएनटी–१५, टीएनटी–१५०आई र ३०२एस मोडलमा ग्राहकहरुले १ लाख रुपैयाँसम्मको स्क्र्याच कुपन र १८०एस तथा टीआरके बेनेली मोटरसाइकलमा थाइल्याण्ड भ्रमण वा सो बराबरको नगद छुट पाउनेछन्



प्रतिक्रिया दिनुहोस !