२० आश्विन २०८१, आइतबार

स्याङ्जाको कालीगण्डकीमा डुबेर आमाको मृत्यु, छोराको अवस्था चिन्ताजनक

प्रकाशित मिति :  3 November, 2023 2:56 pm


संकेतिक फाइल फोटो

काठमाडौँ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ७ मा रहेको सेतीबेनी शिलाको दर्शन गर्न गएका बेला कालीगण्डकी नदीमा डुबेर आमाको मृत्यु भएको छ । छोराको अवस्था गम्भीर छ ।

आज बिहान शिला दर्शनका क्रममा पर्वतको विहादी गाउँपालिका वडा नम्बर ६ का २५ बर्षीया रितु भट्टराईका चार बर्षीय छोरा रियान्स भट्टराई कालीगण्डकी नदीमा खसेका थिए । छोरालाई बचाउन नदीमा हाम फालेकी आमा रितुको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पावलसिंह लामाले जानकारी दिए ।

कालीगण्डकी नदीले बगाएको अवस्थामा शिलाभन्दा केही तलबाट आमा छोरालाई नै उद्धार गरेको भए पनि आमाको उपचारको क्रममा कालीगण्डकी अस्पताल मिर्मीमा मृत्यु भएको प्रहरीको भनाइ छ । छोराको अवस्था गम्भीर रहेको र उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक लामाले बताए ।



प्रतिक्रिया दिनुहोस !