२० आश्विन २०८१, आइतबार

जाजरकोट केन्द्र भएर मध्यरातमा शक्तिशाली भुकम्प, हालसम्म ६५ जनाको मृत्यु

प्रकाशित मिति :  4 November, 2023 6:57 am


काठमाडौँ । जाजरकोट केन्द्रविन्दू भएर शुक्रवार राती ६.४ रेक्टरको भुकम्प गएको छ । भुकम्प बाट जाजरकोट र रूकुमपश्चिममा ठूलो धनजनको क्षति भएकाे छ।

कम्तिमा ६५ जनाको मृत्य भएको र उद्धार कार्य जारी रहेको छ। कतिपय स्थानमा बाटो अवरूद्ध भएका कारण उद्धारमा कठिनाइ उत्पन्न भएको जनाइएको छ।

शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

हालसम्म ज्यान गुमाउनेमा जाजरकोटमा ३७ र रुकुमपश्चिममा २८ जनाको ज्यान रहेका छन्।



प्रतिक्रिया दिनुहोस !