२० आश्विन २०८१, आइतबार

उद्धारका लागि तीन वटै सुरक्षा निकाय परिचालित, प्रधानमन्त्रीको टोली पुग्दै

प्रकाशित मिति :  4 November, 2023 7:10 am


काठमाडौँ । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पमा परेकाको उद्दारका लागि तीन वटै शुरक्षा निकाय परिचालित भएका छन् ।

प्रधामन्त्री पुष्पकमल दाहालले दुख व्यक्त गर्दै सुरक्षा निकाय परिचालन गरेको जनाएका छन्। स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्रीको टोली जाजरकोट प्रस्तान गरेको छ।

“जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको छु,” दाहालको आधिकारिक फेसबुक पेजमार्फत् भनेका छन्, “घाइतेहको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्। उद्धार एवं राहतमा जुट्न सबैमा अपील गर्दछु।”

भूकम्पले जाजरकोटको नलगाड नगरपालिका र रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ ।



प्रतिक्रिया दिनुहोस !