२० आश्विन २०८१, आइतबार

भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन

प्रकाशित मिति :  4 November, 2023 7:22 am


सुर्खेत । जाजरकोटमा गएरातिको भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ ।

सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उपप्रमुख सिंहको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले जानकारी दिएका छन् ।

घाइते भएकी उपप्रमुख सिंहलाई उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !