२० आश्विन २०८१, आइतबार

भूकम्पमा परेकाको खोजी, उपचार र उद्धारमा के हुँदैछ ?  

प्रकाशित मिति :  4 November, 2023 8:30 am


काठमाडौँ। जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएराति गएको भूकम्पमा परेकाको खोज, उद्वार र उपचारका लागि  मेडिकल टिमसहित सुर्खेतबाट कम्तीमा २ हेलिकप्टर र एक स्काईट्रक सल्ले र चौरजहारी विमानस्थल वेस बनाई परिचालन गरिएको छ ।  

सुर्खेत लगायत छिमेकी जिल्लाहरूवाट खोज उद्वारका लागि तिनवटै निकायका थप सुरक्षाकर्मीहरू परिचालन भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको हेल्लो सरकारले जनाएको छ ।  

खोज, उद्वार तथा उपचार व्यवस्थाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको स्वास्थ्यकर्मीको टिम प्रभावित क्षेत्रमा प्रस्थान गरिसकेको छ । 

घाइतेहरूको तत्काल खोज तथा उद्धारका लागि जिल्लाका तिनवटै सुरक्षा निकाय, स्थानीय पालिकाका प्रतिनिधि, स्थानीय युवाहरू समेत रातिदेखि नै खटिएका छन् । 

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७, १२ :०८,१२ :२९,१२:३५ गरी ४ पटकको क्रमशस् ६.४,४.८,४.२, ४.३ म्याग्निच्युडको भुकम्पका कारण रूकुम पश्चिम र जाजरकोटमा सयौको मृत्यू र घाइते भएको प्रारम्भिक आँकलन छ ।

नेपाल सरकारकाे हेलाे सरकार, जाजगरकाेट, रूकुमपश्चिम, बाँके लगायतका प्रहरी तथा जिल्ला प्रशासन कार्यालय सामाजिक संजालहरूमा नियमित अपडेट दिइरहेकाे छ ।

भुकम्पमा परेर सय बढीकाे मृत्यु भयसकेकाे छ भने उद्धार कार्य जारी रहेकाे छ ।



प्रतिक्रिया दिनुहोस !