२० आश्विन २०८१, आइतबार

नेपाल वायु सेवा निगमलाई भूकम्प–प्रभावित क्षेत्र केन्द्रित गरी हवाई उडान गर्न प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति :  4 November, 2023 8:49 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल वायु सेवा निगमलाई भूकम्प–प्रभावित रुकुम–पश्चिमलाई केन्द्रित गरेर हवाई उडान गर्न निर्देशन दिएको छ।

रुकुम–पश्चिम र जाजरकोटका भूकम्प पीडितहरूको उद्धार तथा उनीहरूलाई राहतका लागि अन्य उडान रोकेर भए पनि उडान गर्न नेपाल एयरलाइन्सलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा दर्जनौँको मृत्यु घाइते भएका छन् ।



प्रतिक्रिया दिनुहोस !