२० आश्विन २०८१, आइतबार

पूर्वसभामुख महराद्वारा शोक व्यक्त, एकजुट भएर उद्धारमा लाग्न आव्हान

प्रकाशित मिति :  4 November, 2023 9:17 am


काठमाडौँ । पूर्वसभामुख कृष्ण बहादुर महराले भूकम्पबाट प्रभावितको उद्धार तथा राहतमा जुट्न सरकार समक्ष अनुरोध गरेका छन् । गएराति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परि ज्यान गुमाउनेहरुमा श्रद्धाञ्जली अपर्ण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

यस्तो छ महराको शोक मन्तव्य

गएराति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परि ज्यान गुमाउनुभएका दाजुभाई तथा दिदीवहिनीप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । भुकम्पमा परि घाइते हुनु भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्काल यथोचित उद्धार तथा राहतमा जुट्न सरकार समक्ष अनुरोध गर्दछु ।

भुकम्पमा परि एक सय जनाभन्दा बढी नागरिकहरूले ज्यान गुमाइसक्नुभएको भने सयौं घाइते अवस्थामा रहनुभएको छ । मृतक परिवारजनलाई राहत र घाइतेहरूको तत्काल उद्धार गरेर उपचार गर्नु अहिलेको प्रमुख दायित्व हो । प्राकृतिक प्रकोपको समयमा सबै एकजुट भएर उद्धार र राहतमा लाग्नु हामी सबैको दायित्व हो । नेपाल भूकम्पको उच्च जोखिम भएको क्षेत्र भएकाले सबै नागरिकहरूलाई सचेत भएर बस्न समेत हार्दिक अनुरोध गर्दछु ।



प्रतिक्रिया दिनुहोस !